arrow

रामचन्द्र पुगे झलनाथको निवासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
ramchandra-poudel-jhalanath-khanal.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन । 

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालसँग आज बिहान भेट गरेर आफनो पक्षमा मत मागेका छन् । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए । 

आठ दलको साझा उम्मेदवार पौडेल र खनालबीचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ