arrow

पेटभित्र बोतल भेटिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
alchol.jpg

काठमाडौं । पेटमा रक्सीको बोतल भेटिएका रौतहटका नुर्साद मन्सुरीको उपचार गरिएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भएको थियो । नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएका थिए । चार दिनअघि साथी मोहम्मद समीरसँगै बसेर नुर्सादले मादक पदार्थ सेवन गर्न थालेका थिए ।

नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका थिए । त्यसको बदला लिन समीरले नुर्सादलाई शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।त्यसपछि उनले रक्सीको बोतल मलद्वारबाट भित्र पसाइदिएका थिए ।

बेस्सरी पेट दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए । उनको सोमबार साँझ होस खुलेको छ ।मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको छ । नुर्सादको दिसा पेटभरि फैलिसकेकाले अवस्था अझै जटिल रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ