प्रचण्डविरुद्ध सर्वोच्चको आदेशपछि माओवादी धारका नेता बालुवाटारमा
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
761
Shares
काठमाडौं । माओवादी धारका राजनीतिक दलहरू बलुवाटारमा एकजुट भएका छन् । माओवादी धारका राजनीतिक दलहरूबीचको बैठक अहिले बालुवाटारमा जारी छ।
प्रधानमन्त्री प्रचण्ड लागतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ताको आदेश भएसँगै माओवादी धारका नेताहरू एकजुट भएका हुन्। पूर्व माओवादीहरू मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल गरेका छन्। प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश जारी गरेपछि सङ्क्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरूबीच छलफल सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेल, नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, महिन्द्र राय यादव, खड्गबहादुर विश्वकर्मा, धर्ममेन्द्र बास्तोला सहभागी छन्।