- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा भएको च्याम्पियनशिपमा नेपालसहित ११ देशका खेलाडीले ४ विधाको व्यक्तिगत र समूहगत प्रतिस्पर्धा गरेका छन् ।
नेपालसहित बंगलादेश, चाइनिज ताइपेई, हङकङ, भारत, इरान, जापान, काजखस्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्डका खेलाडीको सहभागिता रहेको हो । त्यसमा नेपालका सबैभन्दा बढी १९ खेलाडीको सहभागिता रहेको छ ।
च्याम्पियनशिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा भएको छ ।