arrow

भारतीय नागरिक बोकेको जीप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ फागुन २३ मंगलबार
jeep-accident-2079-11-23.jpg

दार्चुला । दार्चुलामा भारतीय नागरिक बोकेको जीप दुर्घटना भएको छ । महाकाली महाकाली नगरपालिका ४ बाङ्गाबगर जिपपार्क नजिक मधेश प्रदेशको ०३ ००१ ज ०३४० नम्बरको जीप  बिहान ११ बजेतिर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृत्यु हुनेमा भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल सिमखोलाकी ६० वर्षिया कालीदेवी नेगी रहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर कार्कीले बताए । 

नेगीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । जीप दुर्घटनामा महाकाली नगरपालिका( २ बुढिचौराका २४ वर्षीय जिप चालक मोहन सिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् । 

मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ ।

अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । 

भारतीय नागरिक डुङरी मन्दिर दर्शनका लागि जाँदै गर्दा जीप दुर्घटनामा परेको हो । 

जीपमा चालकसहित १० जना सवार रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ