arrow

राष्ट्रपति रनिङ शिल्डको उपाधि लिखुलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
volleyball-rastrapati-running-shield-nuwakot-2079.jpg

त्रिशूली । नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि शुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो । 

प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पा-यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटकी कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिइन् । 

उपाधि विजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी) लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरुलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न सङ्घीय सरकारले सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका प्रभावकारी रहेको उनको भनाइ छ । 

पालिकास्तरीय प्रतिस्पर्धाबाट छानिएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्दै अब जिल्ला खेलकुद विकास समितिको तर्फबाट बागमति प्रदेसस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए । 

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ