arrow

बुद्धिचाल संघ गण्डकीमा युवराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
Yubraj Bhandari.jpg

पोखरा । बुद्धिचाल संघ गण्डकी प्रदेशको अध्यक्षमा युवराज भण्डारी निर्वाचित भएका छन् । संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले भण्डारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा राजेन्द्र लिगल, सचिवमा रामलाल श्रेष्ठ, सहसचिवमा झरना थापा, कोषाध्यक्षमा केपी खनाल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सञ्जय भण्डारी र मिसन बास्तोला निर्विरोध भएका छन् । अब प्रदेश खेलकुदबाट दुई जना र अध्यक्षले मनोनित गर्ने दुई जना सदस्य कार्यसमितिमा थपिनेछन् ।

अधिवेशनमा नवलपुर, स्याङजा, तनहुँ, लमजुङ, बागलुङ, पर्वत र कास्की जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यता, नवनिर्वाचित अध्यक्ष भण्डारीले आफ्नो पहिलो योजना गण्डकी प्रदेश बुद्धिचाल संघका लागि भवन निर्माण गर्न पहल गर्ने हुने बताए । पोखरामा बुद्धिचालको रेटिङ गेम सञ्चालन गर्ने योजनासमेत रहेको उनले बताए । 

उनका अनुसार गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा बुद्धिचाल संघको शाखा रहेको छ । 

कार्यक्रममा, प्रदेश खेलकुद परिषदका कार्यबहाक सदस्य सचिव घनश्याम पौडेल, बुद्धिचाल संघ केन्द्रीय उपाध्यक्ष हिराकाजी महर्जन, पूर्व केन्द्रीय सदस्य बाबुराम पन्त, गण्डकी प्रदेश बुद्धिचाल संघ तदर्थ समितिको सदस्य महेश्वर अधिकारी, कुश्माकर काफ्ले लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ