arrow

कसलाई मतदान गर्ने भन्ने खुल्न बैठक बस्दै रास्वपा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले निर्णय लिँदैछ । रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन अहिले बैठक बोलाएको हो । 

सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो । 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने नतिजा बेलुकी ७ बजेसम्म आइसक्नेछ । मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ