arrow

बरुवा बन्दुक र १६ थान छर्रासहित उमेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
pakrau9.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार बरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मीचौर घर भएका २६ वर्षीय उमेश बिक रहेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मीबाट विक पक्राउ परेका हुन् ।

विकको साथबाट भरुवा वन्दुक एक नाल, सिसाको ठूलो छर्रा सात थान र सिसाको सानो छर्रा नौ थान बरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जयपातेबाट खटिएको प्रहरीले उमेशले गोठमा लुकाई राखेको अवस्थामा हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ