arrow

भारत र अष्ट्रेलिया मैदानमा, भारत जित्नैपर्ने दबाबमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
narendra-modi-stadium-ahamadabad.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट अहमदाबाजमा आजदेखि शुरु भएको छ । टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ थालेको छ । 

यो खेल भारतका लागि निकै महत्वपूर्ण रहेको छ । घरेलु मैदानमा भारतलाई यो खेल जित्नैपर्ने हुन्छ । पछिल्ला पाँचमध्ये एक खेल हारेको भारतले आईसीसी विश्व टेष्ट च्याम्प्यिनशिपको फाइनलमा स्थान पक्का गर्न यो खेल जित्नुपर्ने भएको हो । 

भारत पराजित भएमा श्रीलंका र न्यूजिल्याण्डबीचको श्रृंखलाको नतिजामा भारत फाइनलमा पुग्छ कि पुग्दैन भन्ने निर्भर हुन्छ । 

अष्ट्रेलिया ६८.५२ प्रतिशतसहित शीर्ष स्थानमा छ । भारत ६०.२९ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ५३.३३ प्रतिशतसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ५२.३८ प्रतिशतसहित चौथो स्थानमा छ । आफ्नो खेल पूरा गरिसकेको दक्षिण अफ्रिका बाहिरिइसकेको छ । 

अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ भने भारत र श्रीलंकामध्ये एक टिम फाइनलमा पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ