arrow

राष्ट्रपतिको चुनावमा उत्साहपूर्वक मतदान [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
ramchandra-poudel-subashchandra-nemwang-election.jpg

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिए अनुसार मतदान जारी रहेको छ । 

बिहान १० देखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । पहिलो भोट नेपाली कांग्रेसका नेता एवं उम्मेदवार रामचन्द्र पौडेलले हाले । उत्साहपूर्वक मतदान जारी रहेको छ । अर्का उम्मेदवार एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मतदान गरेका छन् । 

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो ।  राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा संङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । 

विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धालाई  महत्वकासाथ हेरिएको छ ।
 

SAVE_20230309_100413 (2).jpg
_A7R2434.jpg
_A7R2339.jpg
SAVE_20230309_094451 (1) (1).jpg
SAVE_20230309_102426.jpg
_A7R2020.jpg
_A7R2341.jpg
_A7R2326.jpg
_A7R2150.jpg
SAVE_20230309_094451 (1).jpg
_A7R2211.jpg
_A7R2385.jpg
SAVE_20230309_093302 (1).jpg
_A7R2131.jpg
SAVE_20230309_102449.jpg
SAVE_20230309_100504.jpg
SAVE_20230309_093307 (1).jpg
_A7R2146.jpg
_A7R2323.jpg
_A7R2333.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ