arrow

 चलेन भारतको बलिङ, अष्ट्रेलिया हावी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
usman-khawaja-australia-india.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट अहमदाबाजमा जारी रहेको छ । बिहीबारदेखि शुरु भएको टेष्टमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आक्रामक खेलिरहेको छ । 

टोलीले पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा २५५ रन बनाइसकेको छ । उस्मान खवाजाले १०४ रन बनाइसकेका छन् । उनलाई क्यामरन ग्रिनले ४९ रन बनाएर साथ दिइरहेका छन् । 

कप्तान स्टेभेन स्मिथ ३८, पिटर ह्याण्ड्सकम्ब १७ तथा मार्नस लाबस्चाङ्गे ३ रन बनाएर आउट भए । 

भारतका लागि मोहम्मद शमीले २ तथा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले १–१ विकेट लिए । 

आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्नका लागि पनि भारतलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । तर यही खेलमा पहिले नै फाइनल पुगिसकेको अष्ट्रेलियाले उत्कृष्ट शुरुआत गरेको छ । 

यो खेल भारतका लागि निकै महत्वपूर्ण रहेको छ । घरेलु मैदानमा भारतलाई यो खेल जित्नैपर्ने हुन्छ । 

पछिल्ला पाँचमध्ये एक खेल हारेको भारतले आईसीसी विश्व टेष्ट च्याम्प्यिनशिपको फाइनलमा स्थान पक्का गर्न यो खेल जित्नुपर्ने भएको हो । 

भारत पराजित भएमा श्रीलंका र न्यूजिल्याण्डबीचको श्रृंखलाको नतिजामा भारत फाइनलमा पुग्छ कि पुग्दैन भन्ने निर्भर हुन्छ । 

अष्ट्रेलिया ६८.५२ प्रतिशतसहित शीर्ष स्थानमा छ । भारत ६०.२९ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ५३.३३ प्रतिशतसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ५२.३८ प्रतिशतसहित चौथो स्थानमा छ । आफ्नो खेल पूरा गरिसकेको दक्षिण अफ्रिका बाहिरिइसकेको छ । 

अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ भने भारत र श्रीलंकामध्ये एक टिम फाइनलमा पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ