arrow

हार जोगाउन भारत संघर्षरत, बराबरी गर्न सके फाइनल खेल्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
rohit-sharma-subman-gill.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट अहमदाबादमा जारी रहेको छ । अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गरेसँगै भारत समस्यामा परेको छ । 

अष्ट्रेलियाले पहिलो इनिङ्समा ४८० रन बनाएको छ । उस्मान खवाजाले १८० तथा क्यामेरन ग्रिनले ११४ रन बनाएका छन् । भारतका लागि रविचन्द्रन आश्विनले ६ विकेट लिए । त्यस्तै मोहम्मद शमीले २ तथा रविन्द्र जडेजा र अक्षर पटेलले १–१ विकेट लिए । 

जवाफमा भारत मैदानमा उत्रिइसकेको छ । दोस्रो दिनको समाप्तिसम्म भारतले कुनै विकेट नगुमाइ ३६ रन बनाएको छ । शुबमन गिल १८ तथा कप्तान रोहित शर्मा १७ रनमा अविजित छन् । 

समीकरण 
पछिल्ला पाँचमध्ये एक खेल हारेको भारतले आईसीसी विश्व टेष्ट च्याम्प्यिनशिपको फाइनलमा स्थान पक्का गर्न यो खेल जित्नुपर्ने दबाब छ । 

भारत पराजित भएमा श्रीलंका र न्यूजिल्याण्डबीचको श्रृंखलाको नतिजामा भारत फाइनलमा पुग्छ कि पुग्दैन भन्ने निर्भर हुन्छ । बराबरी खेलेमा भने थप आशा बाँकी रहन्छ । तर जुन किसिमले अष्ट्रेलियाले रन बनायो त्यो किसिमले अष्ट्रेलियालाई हराउने सम्भावना निकै कम छ । भारतको हार्ने सम्भावना भने बढी छ । तेस्रो दिनको खेलमा निर्भर पर्छ । 

अष्ट्रेलिया ६८.५२ प्रतिशतसहित शीर्ष स्थानमा छ । भारत ६०.२९ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ५३.३३ प्रतिशतसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ५२.३८ प्रतिशतसहित चौथो स्थानमा छ । आफ्नो खेल पूरा गरिसकेको दक्षिण अफ्रिका बाहिरिइसकेको छ । 

अष्ट्रेलिया फाइनलमा पुगिसकेको छ भने भारत र श्रीलंकामध्ये एक टिम फाइनलमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ