arrow

फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
pakrau9.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका वडा नं. १३ का सन्दीप सुनार रहेका छन् ।

सुनार कास्की जिल्ला अदालतबाट २०७५ माघ ५ गतेको फैसलाबाट लागुऔषध मुद्धामा दोषी ठहर भएका थिए । उनी त्यसैदिनदेखि फरार भएका थिए ।

सुनारलाई फागुन २५ गते जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले आफ्नै घरबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको तनहुँ जिल्ला अदालतमा बुझाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ