arrow

बस्दै एमाले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
uml-sachibalaya-2079-08-23.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएपछि नेकपा एमालेले पहिलो पटक आज पार्टी सचिवालय बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार तथा राष्ट्रपति निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्नका लागि एमालेले बिहान ९ बजेलाई सचिवालय बैठक बोलाएको हो ।

‘उपराष्ट्रपतिको निर्वाचनको विषय र राष्ट्रपति निर्वाचनको समीक्षा लगायतका विषयहरु हुनेछन्’, एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने । 
एमालेले आज उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्दा उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । 

आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।   

निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४३ किटेर निर्देशन जारी गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग ९महिला वा अन्य० वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) बाट उम्मेदवार हुनुपर्नेछ । 

एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा अहिलेसम्म अनौपचारिक छलफलसमेत गरेको छैन । उता नवगठित आठ दलीय गठबन्धनमा जसपा, लोसपा र जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ