arrow

उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्न खोजेको भन्दै एमालेको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
uml-sachibalaya-2079-11-27.jpg

काठमाडौं । नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसखालको ख्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ। यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ।

यस्तै एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

त्यसछि नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्तासमेत भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ