arrow

नेपाली भाषा शिक्षक परिषद् कास्कीमा डिल्लीराम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
Dilliram Aryal.jpg

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको अध्यक्षमा डिल्लीराम अर्याल निर्वाचित भएका छन् । संस्थाको १३औं साधारणसभा तथा सातौँ अधिवेशनले अर्याललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

परिषद्को वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल, उपाध्यक्षमा विक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सचिवमा नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा इन्दिरा सुवेदी रहेका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद पौडेल, पार्वती खनाल, पोष्टराज सुवेदी, हरिप्रसाद शर्मा, प्रेमनारायण ढकाल, सावित्री पौडेल बराल, सावित्री पहारी, प्रदीप पोखरेल, भावना लामिछाने र झलक पौडेल छन् ।

डोलराज अर्याल संयोजक तथा दिनेश सापकोटा र भानुभक्त पोख्रेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्तले नेपाली भाषाको एकरूपताका लागि भाषाविज्ञहरूका बिचमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए । 

भाषाविद् मुकुन्दशरण उपाध्यायले भाषामा वैज्ञानिकताको खोजी गर्नुपर्ने खाँचो औंल्याए । 

कार्यक्रममा संस्थाका सल्लाहकार यामनाथ तिमिल्सिना, पुण्यप्रसाद पौडेल, माधवशरण उपाध्याय, बोधराज ढकाल, डोलराज अर्याल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी, विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले बोलेका थिए ।

परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद लम्सालले गरेका थिए ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने वरिष्ठ भाषाविद् मुकुन्दशरण उपाध्याय र परिषद्का सल्लाहकार एवम् पूर्व अध्यक्ष डोलराज अर्याललाई सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ