arrow

शिक्षक संघ स्याङ्जामा पशुपति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
Syangja.jpg

स्याङ्जा । नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित भएका छन् । संघको नवौँ जिल्ला अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

संघको महिला उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, उपाध्यक्षमा परशुराम भट्टराई, सचिवमा युवराज ढकाल, अर्थ सचिवमा कमलराज लम्साल, सहसचिवमा शिवप्रसाद ढकाल, महिला सहसचिवमा शारदा अर्याल, समावेशी सहसचिवमा उत्तरा गुरुङ, अर्थ सहसचिवमा ऋषिराम भण्डारी, महिला अर्थ सहसचिवमा भगवती भण्डारी छन् ।

यसैगरी सदस्यहरुमा केशवराज खनाल, राजकुमार उपाध्याय, यामप्रसाद चापागाई, चन्द्रकान्त उपाध्याय, विष्णुकुमारी भुषाल अर्याल, शान्ता कुमारी पौडेल र हरिकला सुवेदी चयन भएका छन् ।

अधिवेशनबाट संघीय प्रतिनिधि खुलातर्फ लक्ष्मीप्रसाद रेग्मी, सीता पौडेल गैह्रे, दीर्घप्रसाद चापागाई, शेषकान्त खनाल, नर्वदेश्वर प्रसाद मिश्र, महिलातर्फ गायत्री आचार्य र वन्दना लम्साल चयन भएका छन् ।

यसैगरी प्रदेश प्रतिनिधि खुलातर्फ कमलकान्त अर्याल, अमृत भण्डारी, शिवलाल गैह्रे, दामोदर न्यौपाने, उमाकान्त पौडेल, महिलातर्फ बोला पाठक, इन्दिरा केसी र सुनिता उच्चै चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ