arrow

वृद्धालाई करणी गरेको आरोपमा युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
pakrau9.jpg

पाल्पा । पाल्पा प्रहरीले ७० वर्र्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नं. ६ करङतुङ बस्ने २२ वर्षीय बिन्दु राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
 
रानाले पाल्पाको तिनाउ गाउँपालिकाकी जन्मजात बोल्न नसक्ने, कान नसुन्ने तथा मानसिकरुपमा सुस्त ७० वर्षीय वृद्धालाई करणी गरेको आरोप छ । 

रानाले फागुन २५ गते वृद्धालाई घर नजिकै रहेको मलखादमा जबरजस्ती करणी गरेको भनी पीडितकी बहिनीले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

रानालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ