arrow

चन्दा सङ्कलन गरेर भवन निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार

खोटाङ । खोटाङमा बसोबास गर्ने दाहाल समयुदायले चन्दा सङ्कलन गरेर आफ्नो कार्यालय भवन बनाएका छन् । 

सो समुदायले रु २४ लाख ४४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित गैरीगाउँमा  पक्की कार्यालय भवन निर्माण गरेका हुन्  । 

यसका लागि सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको छ आना जग्गामा दाहाल  कार्यालय भवन निर्माण गरिएको दाहाल प्रतिष्ठानका जिल्ला अध्यक्ष मिनकुमार दाहालले बताए । प्रतिष्ठानको कार्यालय भवन विसं २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो । 

कार्यालय भवन निर्माणका लागि जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका दुई सय ७१  दाहाल बन्धुबाट रु २६ लाख ४८ हजार नौ सय ७२ रकम सङ्कलन भएको जनाइएको छ । 

भवन निर्माणका लागि रु एक सयदेखि रु एक लाख ११ हजार एक सय ११ सम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । 
    
नव निर्मित भवनको प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम दाहालले शनिबार शुभारम्भ गरे । सो अवसरमा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मानसमेत गरिएको थियो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ