arrow

गोरखामा ट्रक दुर्घटनाः थप एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
Gorkha Accident.jpg

पोखरा । गोरखामा आज भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आरुघाट जाँदै गरेको प्र.३-०१-००३ क ६१७० नम्बरको मिनी ट्रक आज दिउसो गोरखा नगरपालिका वडा नं. ६ को बिसौनी मोडमा दुर्घटनामा परेको हो । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सवारी धनीसमेत रहेका ट्रक चालक गोरखा आरुघाटका उमेश श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका वडा नं. ७ घर भइ राष्ट्रिय बाणिज्य बैंक धादिङ गजुरी शाखामा कार्यरत बर्ष ३२ का बिष्णु खड्का रहेका छन् । 

श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये पाँच जनाको भरतपुर मेडिकल कलेज र एक जनाको भने गोरखा अस्पतालमा नै उपचार भई रहेको छ ।

घाइतेमध्ये गोरखा जिल्ला शहिदलखन गाउँपालिका-७ घर भई हाल गोनपा-९ बस्ने बर्ष ३० की रमला राना मगर, शहीदलखन गाउँपालिकाका बर्ष ५९ को लालबहादुर गुरुङ, गोरखा नगरपालिका-१० छेवेटार बस्ने बर्ष ४० की सावित्री विक, बर्दियाका वर्ष २८ का मंगल चौधरी र शहिदलखन गाउँपालिका-४ का बुद्धिबहादुर नेपालीको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै, शहिदलखन गाउँपालिकाका बर्ष ६८ का नारायण भुजेलको भने गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) एवं सूचना अधिकारी लीलाराज लामिछानेका अनुसार चितवनबाट फलफूल लिएर आरुघाट जान लागेको मिनीट्रक राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाबाट सामान हालेर हिंडने बित्तिकै दुर्घटनामा परेको हो ।

ट्रक अनियन्त्रित भएर पल्टिँदा विपरीत दिशाबाट आउँदै गरेको बा८६प १७८५ नम्बरको मोटरसाइकल र सडक पेटीमा बसेर चनाचट्पट खाइरहेकाहरु च्यानि पुगेका थिए ।

ट्रक पल्टिएर जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा ठोक्किन पुगेको डिएसपी लामिछानेले बताए । दुर्घटनामा ज्यान गुमाएका खड्का मोटरसाइकलको पछाडि सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ