arrow

तब तिमीलाई सम्झेँ

logo
इन्द्र न्यौपाने,
प्रकाशित २०७९ फागुन ३० मंगलबार
indra-neupane.jpg

जब मध्यरातमा खोकी सहन नसकेर 
अनियन्त्रित भएर ढलेँ
तब तिमीलाई सम्झेँ...

उभिनै नसकेर.. लाठीको सहारामा 
शौचालय पुगेर फर्कँदा
ऐनामा आफूलाई हेरेँ
तब तिमीलाई सम्झेँ

सिटामोलको डवल डोज खाँदा पनि 
ज्वरो सय तल नघटेपछि..
दुखेको छातीमा आफ्नै हातले छामेँ...
तब तिमीलाई सम्झेँ

केही पुराना तस्बिरहरू 
मिठा नमिठा यादहरू 
आफ्ना भूलहरू
अनि तिम्रा अस्वीकृत, ब्यावहारहरू
अविश्वासहरूलाई 
शून्यमा छामेँ
तब तिमीलाई  सम्झेँ

सवैबाट तिरस्कृत पन 
असहाय सत्यमा उभिएर..
गहमा बग्न नसक्ने आँसु  टल्काएँ जब...
तब तिमीलाई सम्झेँ

जीवनलाई जब एक टक उभिएर पढेँ
सपना र खुसीहरूमा
आगो लागेको बेला 
मायाले  भतभती पोल्यो मन
तब तिमीलाई  सम्झे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ