- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय मूलका भनिएका ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक भारतीय आप्रवासीमाथि कडा देखिएका छन् ।
सुनक नेतृत्वको बेलायती सरकारले अवैध आप्रवासीलाई नियन्त्रण गर्न कडा नीति लागू गरिरहेको छ ।
जसको असर भारतीयमा परेको आज भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
पछिल्लो चार वर्षमा बेलायतको गृह कार्यालयले करिब ४.५ लाख व्यक्तिगत आवेदनमध्ये ६३ हजार आप्रवासीलाई विभिन्न सरकारी विभागमा रोजगारी नदिने आदेश दिएको थियो । जसमध्ये २१ हजार भारतीय छन् ।
रङ्गभेद र जातीय पहिचानका कारण भारतीयहरूलाई अवैध मानिने गरेको छ । भारतबाट आएका आप्रवासीहरूमाथि भेदभाव हुने गरेको बताइएको छ ।