arrow

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
nc-party-office.png

काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । समितिको बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले समसामयिक विषयसँगै उपराष्ट्रपतिको बारेमा टुङ्गो लगाउन बैठक बस्न लागेको बताए । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । गठबन्धनमा रहेका दलबाट जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । भने नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा) उम्मेदवार रहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ