arrow

कहाँ गए एमालेका ४१ केन्द्रीय सदस्यहरु ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति निर्वाचन अघि नै एमाले ‘मिसन ग्रासरुट’ अभियान जुटेको भए पनि त्यसमा ४१ जना केन्द्रीय सदस्यहरु सहभागी नभएको खुलेको छ । एमाले उच्च स्रोतका अनुसार ४१ जना केन्द्रीय सदस्यहरु स्थानीय तह अर्थात् खटाएको स्थान र जिल्लामा नगएका हुन् ।

 ‘४१ जना केन्द्रीय सदस्यहरु तोकिएको स्थानमा नपुगेको जानकारी आएको छ’, एमाले केन्द्रीय कार्यालय उच्च स्रोतले भन्यो । तर ती सदस्यको नाम भने खुलाइएको छैन । 

एमाले ‘मिसन ग्रासरुट’मार्फत् संगठन निर्माण र जनसम्बन्ध विस्तारमा जुटेको छ । अभियानका लागि केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगेका छन्, जहाँ उनीहरूले अहिलेको सरकार र नेतृत्वको आलोचना गरिरहेका छन ।

सिंहदरबार फर्कने मिसनका लागि एमालेले अहिले नेपाली कांग्रेससँग निकटता बढाउने, कांग्रेस र माओवादी केन्द्रबीच अन्तरविरोध पैदा गर्ने र समग्र गठबन्धनमा विवाद सिर्जना गर्ने रणनीति अख्तियार गरेसँगै एमाले गाउँ पसेको हो । 

कांग्रेसलाई खास गाली गरेको छैन तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई भने गाली गर्न छाडेको छैन । एमालेका सबै पदाधिकारीहरु केन्द्रीय सदस्यहरु, प्रदेश सदस्य र जिल्ला कमिटीका सबै सदस्यहरु सोही अभियानमा जुटेका छन् । 

दुई महिने अभियान भएकाले सांसद बाहेकका धेरैजसो नेताहरु सहभागी रहेका छन् । उनीहरुले स्थानीय स्तरबाटै एमालेको अवस्था र जानकारी लिएर मात्रै काठमाडौं फर्कने भएका छन् । 

राष्ट्रपति निर्वाचनमा पराजय भोगेपछि एमालेले उपराष्ट्रपति भने जित्ने उदेश्यका साथ अघि बढेको छ । गठबन्धनबाट साझा उम्मेदवार नभएपछि एमाले सो अभियानमा लागेको हो । 

त्यसका लागि आफ्ना कोही पनि सांसदलाई काठमाडौं बाहिर नजान निर्देशनसमेत दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ