arrow

नेपालको एक दिवसीय क्रिकेटमा फड्को, वरीयतामा तीन स्थान माथि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
nepal-cricket-2023-2-27.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार राति सार्वजनिक गरेको वरीयतामा तीन स्थानमाथि पुगेको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीलाई पछि पारेको छ ।  

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टुको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थानमाथि १५ औं स्थानमा छ।

लिग टु च्याम्पियन स्कटल्याण्ड १२ औं स्थानमा छ । 

एक दिवसीय वरीयतामा भारत पहिलो, अष्ट्रेलिया दोस्रो र न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । 

टी–२० वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको छ । भारत शीर्ष स्थानमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ