- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट शुरु भएको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले आफ्नो धारणा राखेका छन् । खड्काले पुस १० गते गठबन्धन जोगाउन नसके पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएर कांग्रेस लयमा फर्किएको बताएका छन् ।
खड्काले गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता रहेको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका छन् ।
यसैबीच कांग्रेस भित्र गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा पदाधिकारीहरूले जोड दिएका छन् ।