arrow

पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
Tennis.jpg

पोखरा । पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए । 

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६-७, ६-० र सुपरटाईमा १०-२ ले पराजित गरे । 

खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोस्रोे र तेस्रो सेट आफ्नो पक्षमा पार्नुभएको हो । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६-२, ६-० को सेटमा पराजित गरे ।

त्यस्तै, अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६-२, ६-१ ले, पदम गुरुङ (नदीपुर)ले वीरेन्द्र लामालाई ६-४, ५-७ र सुपरटाईमा १०-३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे) लाई ६-०, ६-१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७-६, ६-३ ले पराजित गरे ।

यस्तै विनोद कायस्थले केवि तामाङलाई ६-२, ६-० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६-१, ६-० ले शरण गुरुङले लोक गुरुङलाई ६-१, ६-४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६-३, ६-१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६.-२, ६-२ को सेटमा पराजित गर्दै विजेता बनेका थिए ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ