arrow

अदालतले पक्राउ आदेश गरेपछि फरार बैंकिङ कसुरका प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
banking-kasur-thagi.jpg

जाजरकोट । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका ८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ