arrow

उपभोक्ताको ढाड सेक्ने गरी आजबाट बढ्यो डीडीसी दूधको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
ddc-Milk-600x400.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले आज चैत २ गतेदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । 

निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाइसकेका छन् । ‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबार (आज) बाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’ डीडीसीका महाप्रबन्धक सन्जिव झाले भने ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । 

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो । जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ