arrow

केपी ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
kp-sharma-oli-2079-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी यूएईविरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले ट्विटरमार्फत शुभकामनामा दिँदै भनेका छन्, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ