arrow

नेपालले लियो दोस्रो विकेट, सुस्ताउँदै यूएई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
nepal-uae-2023-03-16a.jpeg

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेलमा अहिले नेपाल र यूएई खेलिरहेका छन् । खेलमा टस जितेर यूएईले पहिले ब्याटिङ गरिरहेको छ । सय रन बनाउँदासम्म आक्रामक खेलेको यूएई त्यसपछि भने सुस्ताउँदै गएको छ । 

१९ रन जोड्दा यूएईले ९८ रन जोड्दा दोस्रो विकेट गुमायो । ओपनर आर्यन लाक्रा ६ रनमै आउट भए । त्यसपछि दोस्रो विकेट भने ९८ रन जोड्दा मात्रै गुमायो । 

कप्तान मुहम्मद वासिमले निकै आक्रामक खेले । उनले ४९ बलमा ६३ रन जोडे । २३ ओभरमा ११८ रन जोड्दा यूएईले तेस्रो विकेट गुमायो । सी. रिजवान ७ रन बनाएर रनआउट भए ।

नेपाललका लागि पहिलो विकेट ललिननारायण राजवंशीले लिए । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । 

मैदानमा दर्शकको उपस्थिति खचाखच रहेको छ । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड पनि खेलाडीको मनोबल बढाउन मैदानमा पुगे । नेपाल क्रिकेट संघ क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । 

यो खेलबाटै विश्वकप छनोटमा सिधै खेल्ने टिमको छिनोफानो, एक दिवसीय मान्यता कायम राख्ने टिमको छिनोफानो र एक दिवसीय मान्यता गुमाउने टिमको छिनोफानो हुनेछ । 

यो खेलमा जित हासिल गर्दा नेपाल सात टिम सहभागी विश्वकप लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्न पाउनेछ । यूएईको भारी जितले एक दिवसीय मान्यतालाई कायमै राख्ने अवसर पाउने छ । 

त्यस्तै नेपाल हारले विश्वकप छनोट सिधै खेल्न पाउने छैन । उक्त अवसर नामिबियाले पाउने छ । त्यस्तै यूएई हारले एक दिवसीय मान्यता गुमाउने दोस्रो टिम बन्नेछ । 

अंक तालिकाबाट बुझ्दा–
सबै टिमले ३६ खेल खेलेपछि को कहाँ रहे भन्ने छर्लङ्ग हुन्छ । अब आजको एउटामात्र खेलपछि सबै टिमले ३६ खेल खेल्नेछन् । 

सातमध्ये शीर्ष तीन टिमले विश्वकप छनोट खेल्न पाउने, शीर्ष पाँच टिमले एक दिवसीय मान्यतालाई कायमै राख्न पाउने र पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने हुन्छन् । 

जसका कारण स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानका लागि आजको खेल महत्वपूर्ण छ । सबै खेल खेलेको नामिबियाको ३९ अंक छ । 

त्यस्तै एक खेल खेल्न बाँकी रहँदा नेपालको ३८ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । एक खेल कम खेलेको यूएईको ३३ अंक छ । पुछारको पपुवा न्युगिनीको ११ अंक छ । 

नामिबियाको रन रेट ०.२९८ रहेको छ । नेपालको रनरेट ०.०९५ रहेको छ । यसले गर्दा नेपालले यो खेल जितेमात्र शीर्ष स्थानमा पुग्नेछ । बराबरीले भने रन रेट थोरैले माथि हुँदा नामिबियाले नै शीर्ष तीनमा रहने अवसर पाउने छ । 

त्यस्तै अमेरिकाको रन रेट माइनस ०.०४० रहेको छ । यूएईको माइनस ०.२२३ रहेको छ । जसले गर्दा सामान्य जितले मात्र यूएईले अमेरिकालाई उछिन्न सक्ने अवस्था देखिँदैन । 

पीएनजी भने पुछारमा रहेकाले बाहिरिइसकेको छ । यो अवस्था हेर्दा यूएईलाई जितले पनि एक दिवसीय मान्यता जोगाउन मुस्किल छ । नेपालले जित हासिल गर्दा शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्नेछ भने हार या बराबरीले त्यो अवसरबाट वञ्चित हुनेछ । 

कस्तो छ त मौसम आजको ?

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार मैदान वरपरको अहिलेको मौसम सामान्य रहेको छ । आज घाम लाग्नेछ । 

आज वर्षा हुने सम्भावना कम रहेको छ । दिउँसो बादल लाग्ने अवस्था रहे पनि त्यसले पानी पार्ने सम्भावना भने छैन । 

तर मौसमविद् नगरकोटी यतिबाट मात्रै ढुक्क भएर पानी पर्दैन भन्न भने नसक्ने बताउँछिन् । 

उनका अनुसार प्रिमनसुन चलिरहेकाले स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला आइसोलेटेड वर्षा हुन सक्छ । 

उनले जुनसुकै बेला जुनसुकै ठाउँमा एकैछिन वर्षा हुने सम्भावनालाई नकार्न नसकिने बताइन् । आइसोलेटेड वर्षा भन्नाले काठमाडौंकै पनि धेरै मध्ये एक दुई ठाउँमा फाटफुट वर्षा हुन सक्छ । 

उनका अनुसार यही आइसोलेटेड वर्षाका कारण खेल लामो समय रोकिने सम्भावना भने हुँदैन । 

नेपाली टिमलाई हौसला–
आजको खेल निकै नै महत्वपूर्ण भएकाले खेलाडीहरुलाई भने हैसला थप्ने कार्यहरु भइरहेका छन् । 

नेपाल क्रिकेट संघ क्यानलेसमेत आजको खेलमा दर्शकको टिकटबाट उठेको रकम खेलाडी कल्याण कोषमा राख्ने घोषणा गरेको छ । 

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले सबै खेलप्रेमी क्रिकेट फ्यानलाई क्रिकेट मैदानमा आएर खेलाडीको हौसला बढाउन आग्रह गरेका छन् । 

केही बैंक तथा संस्थाहरुले खेलाडीहरुको मनोबल बढाउन विभिन्न पुरस्कार राशिको घोषणा गरेका छन् । 

क्रिकेटका १२ औं खेलाडी अर्थात् दर्शकको उल्लेख्य सहभागीता रहँदै आएकाले आज पनि निकै नै दर्शक जाने अनुमान छ । जसले नेपाली टिमको मनोबल अझै बढ्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ