arrow

कुशल भुर्तेलले जगाए नेपालको आशा, बनाए तीव्र गतिमा अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
kushal-bhurtel-always.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेल जितका लागि नेपाल ३११ रनको फराकिलो र कठिन चुनौती लिएर मैदानमा उत्रिएको छ । 

कीर्तिपुर मैदानमा नेपाल ३११ रनको फराकिलो रनको चुनौती लिएर मैदानमा उत्रिएको हो । नेपालले अहिलेसम्म यति ठूलो चुनौतीको सामना गर्न सकेको छैन । आजको यो खेल जिते नेपालको रेकर्ड हुनेछ । 

तर नेपालले निकै नै खराव शुरुआत गरेको छ । ६ रन जोड्दा शुरुआती २ विकेट गुमाएको नेपालले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । कप्तान रोहित पौडेल पनि आउट भए । उनले २५ बलमा १६ रन बनाए । कुशल मल्ल ५ तथा अरिफ शेख ० मा आउट भएका छन् । 

तर ओपनर कुशल भुर्तेलले भने नेपालको आशा जगाएका छन् । उनले तीव्र गतिमा खेलिरहेका छन् । उनले ३२ बलमा अर्धशतक पूरा गरेका छन् । 

यूएईको इनिङ्स–

खेलमा टस पहिले ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर ३१० रन बनायो । वृत्तिय अरबिन्द ९४ रनमा आउट भए भने कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन जोडे । 

तर यूएईका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए । उनले ४१ बलमा शतक पूरा गरे । एसोसिएट राष्ट्रका खेलाडीले बनाएको यो सबैभन्दा कम बलको शतक हो । उनले अविजित रहँदै ४२ बलमा १०१ रन बनाए । 

नेपाली बलिङ पूरै ध्वस्त भएको खेलमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २ विकेट लिए । सन्दीप लामिछाने सबैभन्दा फ्लप सावित भए । उनले १ विकेट लिएका भए पनि एकै ओभरमा लगातार चार चौका दिएका थिए । ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए । 

मैदानमा दर्शकको उपस्थिति खचाखच रहेको छ । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड पनि खेलाडीको मनोबल बढाउन मैदानमा पुगे । नेपाल क्रिकेट संघ क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । 

यो खेलबाटै विश्वकप छनोटमा सिधै खेल्ने टिमको छिनोफानो, एक दिवसीय मान्यता कायम राख्ने टिमको छिनोफानो र एक दिवसीय मान्यता गुमाउने टिमको छिनोफानो हुनेछ । 

यो खेलमा जित हासिल गर्दा नेपाल सात टिम सहभागी विश्वकप लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्न पाउनेछ । यूएईको भारी जितले एक दिवसीय मान्यतालाई कायमै राख्ने अवसर पाउने छ । 

त्यस्तै नेपाल हारले विश्वकप छनोट सिधै खेल्न पाउने छैन । उक्त अवसर नामिबियाले पाउने छ । त्यस्तै यूएई हारले एक दिवसीय मान्यता गुमाउने दोस्रो टिम बन्नेछ ।

यो खेलबाटै विश्वकप छनोटमा सिधै खेल्ने टिमको छिनोफानो, एक दिवसीय मान्यता कायम राख्ने टिमको छिनोफानो र एक दिवसीय मान्यता गुमाउने टिमको छिनोफानो हुनेछ । 

यो खेलमा जित हासिल गर्दा नेपाल सात टिम सहभागी विश्वकप लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्न पाउनेछ । यूएईको भारी जितले एक दिवसीय मान्यतालाई कायमै राख्ने अवसर पाउने छ । 

त्यस्तै नेपाल हारले विश्वकप छनोट सिधै खेल्न पाउने छैन । उक्त अवसर नामिबियाले पाउने छ । त्यस्तै यूएई हारले एक दिवसीय मान्यता गुमाउने दोस्रो टिम बन्नेछ । 

अंक तालिकाबाट बुझ्दा–
सबै टिमले ३६ खेल खेलेपछि को कहाँ रहे भन्ने छर्लङ्ग हुन्छ । अब आजको एउटामात्र खेलपछि सबै टिमले ३६ खेल खेल्नेछन् । 

सातमध्ये शीर्ष तीन टिमले विश्वकप छनोट खेल्न पाउने, शीर्ष पाँच टिमले एक दिवसीय मान्यतालाई कायमै राख्न पाउने र पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने हुन्छन् । 

जसका कारण स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानका लागि आजको खेल महत्वपूर्ण छ । सबै खेल खेलेको नामिबियाको ३९ अंक छ । 

त्यस्तै एक खेल खेल्न बाँकी रहँदा नेपालको ३८ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । एक खेल कम खेलेको यूएईको ३३ अंक छ । पुछारको पपुवा न्युगिनीको ११ अंक छ । 

नामिबियाको रन रेट ०.२९८ रहेको छ । नेपालको रनरेट ०.०९५ रहेको छ । यसले गर्दा नेपालले यो खेल जितेमात्र शीर्ष स्थानमा पुग्नेछ । बराबरीले भने रन रेट थोरैले माथि हुँदा नामिबियाले नै शीर्ष तीनमा रहने अवसर पाउने छ । 

त्यस्तै अमेरिकाको रन रेट माइनस ०.०४० रहेको छ । यूएईको माइनस ०.२२३ रहेृको छ । जसले गर्दा सामान्य जितले मात्र यूएईले अमेरिकालाई उछिन्न सक्ने अवस्था देखिँदैन । 

पीएनजी भने पुछारमा रहेकाले बाहिरिइसकेको छ । यो अवस्था हेर्दा यूएईलाई जितले पनि एक दिवसीय मान्यता जोगाउन मुस्किल छ । नेपालले जित हासिल गर्दा शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्नेछ भने हार या बराबरीले त्यो अवसरबाट वञ्चित हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ