arrow

प्रचण्डले विश्वास मत लिनुअघि नै कांग्रेस सरकारमा जाने निर्णय गर्नुपर्नेमा गगनको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
gagan-2079-12-03.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै सरकारमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । 

उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग उनले प्रचण्डले विश्वासको मत लिनुअघि नै कांग्रेसले सत्तामा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ । महामन्त्री थापाले प्रचण्डले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने दाबीसमेत गरेका छन् । 

नेता थापा भने सरकारमा नजाने बताउँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ