arrow

मङ्गोलियामा खराब मौसमका कारण पाँच लाख ६७ हजार बढी पशुको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
animal-killed-livestokes.jpg

उलानबाटोर । मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ ।  

मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्याङ्क निकायले जनाएको छ । यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ ।  

चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ । पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा ७१।१ मिलियन पशुहरू रहेको थियो। 

भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। एजेन्सी



लोकप्रिय समाचार
नयाँ