arrow

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिनेबारे निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको हो। 

यसअघि सानेपास्थित केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक बानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले कार्यसम्पादन समितिका बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो ।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ