arrow

आज स्ववीयू निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
Student-election.jpeg

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववीयू निर्वाचन हुदैछ । विगत १४ वर्षपछि स्ववीयू निर्वाचन हुन लागेको हो ।  स्ववीयू निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववीयू निर्वाचन हुँदै छ । त्रिविले प्रत्येक दुई-दुई वर्षमा हुने स्ववीयू निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।  

स्ववीयू निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन्  । निर्वाचनको मतदान आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । 

मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ ।  त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान पाइनेछैन ।   यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।

साथै स्ववीयू निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।   त्रिविका स्ववीयू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले अपिल गरेका हुन् ।  उनले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ