arrow

संसद भवनमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदबाट विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो ।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । 

त्यतिबेला प्रतिपक्षमा भएर पनि कांग्रेसले विश्वासको मत दिएको थियो भने अहिले कांग्रेससमेत सहभागी दश दलीय गठबन्धन रहेको छ । गठबन्धनको शनिबार साँझको बैठकले संसदका विधेयक र विश्वासको मतमा एक ढिक्का हुने निर्णय गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ