arrow

उपराष्ट्रपतिले भोलि शपथ लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
ramsahaya-yadav-vice-president.jpg

काठमाडौं ।  नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए  । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ