arrow

सिप्रदी र नबिल बैंकबीच टाटा मोटर्सका सवारी लिँदा ऋण सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
nabil-sipradi-agreement.jpg

काठमााडैं । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड (एसटीपीएल) र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुवैबीच टाटा मोटर्सका सवारी लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

जसअनुसार टाटा मोटर्सको एक्सप्रेस–टी इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी) खरिद गर्दा बैंकले ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने छ । 

यो सम्झौताले टाटा मोटर्सबाट सवारी लिन चाहनेलाई राम्रो राहत हुने विश्वास गरिएको छ । नेपालभर रहेका नबिल बैंकका सबै शाखाहरुले ऋण उपलब्ध गराउनेसमेत जनाइएको छ । 

सम्झौताअनुसार नबिल बैंकका देशभरका सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ । 

बैंकले १४.१० प्रतिशत ब्याज दरमा सात वर्षसम्मलाई यो ऋण उपलब्ध गराउने छ । उक्त ऋण सवारीको मूल्यको ८० प्रतिशतसम्ममात्र हुनेछ । अर्थात् बैंकले उक्त सवारीको ८० प्रतिशत मूल्य लगानी गर्नेछ । 

बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम ऋण प्रवाह गर्ने पनि जनाएको छ । 

एक्सप्रेस–टीईभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लिट अपरेटरले टाटा मोटर्सबाट विद्युतीय गाडीको फ्लिट खरिद गर्नका लागि अब थप सहज र द्र्रूत प्रक्रियामा हुनेसमेत बिताइएको छ । 

साथै, फ्लिट सञ्चालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पूरा गर्नको लागि विचार गरी लिइनेछ । जसले गर्दा फ्लिट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ। नेपालमा ईभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लिट ईभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्नेछ । 

जसमा क्लासका अग्रणी सुविधाहरूदेखि लिएर फ्लिट ईभीलाई समर्पित चार्जिङ र सेवा सुविधाहरूसम्म रहेका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ