arrow

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज विश्वासको मत लिँदै छन् ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।  

प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका छन् । 

प्रधानमन्त्री प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिलेसम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए ।

राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा छन् । 

हालसम्म नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रूपमा निर्णय गरिसकेका छन् ।  एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेकाले अब यसपालि प्रचण्डलाई विश्वासको मत नदिने लगभग तय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ