arrow

नवीनले जिते टेनिस उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
REWAN.jpg

पोखरा । तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि नवीन श्रेष्ठले जितेका छन् । 

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले उपाधि जितेका हुन् ।

प्रतियोगितामा पहिलो सेटमा ४-२ ले पछि परेका नवीनले उत्कृष्ट कमब्याक गर्दै ४-६ ले खेल आफ्नो पक्षमा पारे । 

दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नवीनले दोस्रो सेट ६-२ ले तथा तेस्रो सेट सुपर टाइमा ९-२ ले आफ्नो पोल्टामा पारेका थिए ।

यसैगरी मेन्स डबल्सतर्फको उपाधि अनुज कुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जाडी ६-१, ६-१ को सेटमा पराजित भएका हुन् ।

विजेता खेलाडीले नगद रु १० हजार र उपविजेता खेलाडीले नगद रु ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । 

उक्त अवसरमा पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए । 

नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको बताए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नवीन चालिसेले पनि बोलेका थिए । 



नयाँ