arrow

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
ban_dadhelo-e1428911108955.jpg.jpeg

पाल्पा । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए । 

उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ । 

डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो ।
 



नयाँ