arrow

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
pm-prachanda.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ