arrow

जसपाको बैठक बस्दै, मन्त्रीसहित उपनिर्वाचनका विषय टुङ्गाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
upendra-yadav-jasapa.jpg

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले आज बैठक डाकेको छ ।  

आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे  जसपा ले पार्टी कार्यकारिणी समितिको बैठक डाकेको हो । 

आगामी वैशाख १० गते हुने उपनिर्वाचन, मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउने लगायतका विषयमा पनि छलफल गरेको छैन । 

तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । 

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ