arrow

पेरिसडाँडामा केन्द्रीय प्रशिक्षक प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । 

जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।
 
सो क्रममा उनले भने, “आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्त्वपूर्ण शक्ति हो । तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिष्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थितरूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ । पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
 
पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयाममाथि विश्लेषण, राष्ट्रियताको सवाललगायत विषय समाविष्ट छन् ।
 
स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय सङ्गठनका छानिएका प्रतिनिधि उपस्थित हुनेछन् । स्कुललाई पार्टी नेता एवं विषयविज्ञले सहजीकरण गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ