arrow

वलिको यज्ञमा बालक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
indra-dev.jpg

इन्द्रकी आमा अदिती खेदले खिन्न भएर आफ्नो पति महर्षि कश्यपको शरणमा गइन् । उनले अदितिलाई पयोव्रत (दूध वा पानी मात्र सेवन गरेर लिइने व्रत) को विधान बताए । अनि अदिती परमात्मामा पूरा चित्त लगाउँदै बाह्र दिनसम्म त्यो व्रतको अनुष्ठान गरिन् । 

त्यो व्रतको समाप्तिको उपलक्षमा नारायणको पाउमा नै लीन भएकी अदितीको सामु प्रकट भएर आफू उनको गर्भमा छोरा भएर आउने कुरा बताएर अन्तध्र्यान भए ।
 
त्यसअघि युद्धको मैदानमा इन्द्रले महात्मा वलिलाई मारेका थिए तैपनि शुक्राचार्यले सञ्जीवनी विद्याद्वारा उनको शरीरलाई जीवित गरिदिएका थिए । पछि उनले यज्ञको अनुष्ठान गरेर आफ्नो शक्ति बढाए अनि त्रिलोकीलाई आफ्नो वशमा गराए । 

नारायण तपस्याले पूर्ण कश्यप मुनिको वीर्यबाट अदितिको गर्भमा गएर वास गरे । ब्रह्माले यो कुरा थाहा पाए र उनको स्तुति गरे । 

अदितीको गर्भबाट श्रवण नक्षत्रले युक्त द्वादशी तिथिमा एक वालकले जन्म लिए । ती वालक विष्णु रूपमा अवतार लिएपछि सबै खुशी भए । देवताका समूह हर्षले गद्गद भए । श्री नारायणले त्यति खेर नै चञ्चले वामन अवतारको रूप लिए । 

त्यसपछि प्रजापति आदि ऋषिहरूले उनको उपनयन संस्कार गरेर, मुञ्जको कन्धनी लगाइदिए र हातमा छाता र लठ्ठी सजाइदिए । यसले गर्दा वामन भगवान्को रूप झनै चम्कन गयो । उन वलिले गर्न लागेको अश्वमेध यज्ञ शालामा गए । 

वलिले यज्ञ गर्न लागेको मण्डप नर्मदाको उत्तर थियो । वामन रूप नारायणको छाता शत्रुहरूको गर्मी हटाउन र दण्ड शत्रुहरूलाई सजाय दिन प्रयोग गरिने जस्तो चम्किलो थियो । उनको मुहार पनि त्यत्तिकै चम्किलो थियो ।

वामन यज्ञ मण्डपमा पुग्नुभयो । उनको कान्तिले शुक्राचार्य लगायत यज्ञमा सहभागीहरूको आँखा तिरमिरायो । सबैले एक आपसमा यो विचित्रको वालक को होला भन्ने अडकल गर्न लागे ।

शुक्राचार्यले वामनलाई वलिको सामुन्नेमा लगे । उनको शरीर एक किसिमको फुरुङ्ग भयो । उनले वामनको पाउ धोए । पाउको जल शरीरमा छर्के । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ