arrow

एमाले पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
uml-cpn.jpg

काठमाडौं ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने बताएका छन् । 

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुग्ने महासचिव पोखरेलले बताए।

 उनले भने,'  एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्नेछ ।

उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ