arrow

विश्वको पहिलो थ्रीडी प्रिन्टेड रकेट प्रक्षेपण, पुगेन कक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
3d-rocket.jpg

काठमाडौं ।  विश्वको पहिलो थ्रीडी प्रिन्टेड रकेटको असफल प्रक्षेपण गरिएको छ । टेरेन-१ नामक विश्वको पहिलो थ्रीडी प्रिन्टेड रकेट फ्लोरिडाको केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको हो । 

रकेट कक्षमा पुग्नुअघि नै असफल भएको छ । रकेट क्यालिफोर्नियाको रिलेटिभिटी स्पेस नामक कम्पनीले थ्रीडी-मेटल-प्रिन्टिङ, आर्टिफिशल इन्टेलिजन्स र रोबटिक्स प्रयोग गरेर ६० दिनमा उक्त रकेट निर्माण गरेको हो।

रकेटमा नौ थ्रीडी प्रिन्टेड इन्जिन छन् । रकेटमा इन्धनको रूपमा तरल मिथेन प्रयोग गरिएको थियो। यस परीक्षण उडानको नाम ‘गुड लक ह्याभ फन’ राखिएको थियो ।

रकेटले पहिलो चरणमा सफलता पाएको छ । रकेटले म्याक्स-क्यू पार गरेको छ । 

उक्त कम्पनीले अमेरिकी अन्तरिक्ष निकाय नासासँग भविष्यको एउटा अभियानका लागि एउटा सानो भूउपग्रह प्रक्षेपण गर्ने सहमति गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ