arrow

बैतडीमा यू-१६ क्रिकेट छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg

बैतडी ।  बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । 

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ । 

छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।  

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेशियामा हुने १६ वर्षमुनीको क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट यही चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ